cbanepal4@gmail.com +977-01-4244732 Sun - Fri: 10:00 AM - 5:00 PM
Follow Us:

स्वदेशी उत्पादन आर्थिक रूपान्तरणको आधार

Bulletin

स्वदेशी उत्पादन आर्थिक रूपान्तरणको आधार

Mar 09, 2026 49 views
स्वदेशी उत्पादन आर्थिक रूपान्तरणको आधार

नेपालको औद्योगिक विकासक्रमसँगै कस्मेटिक उद्योग एक उदाउँदो र सम्भावनायुक्त क्षेत्रका रूपमा स्थापित हुँदै गएको छ । उपभोक्ताको चेतनास्तरमा आएको वृद्धि, जीवनशैलीमा परिवर्तन तथा सौन्दर्य र स्वास्थ्यप्रतिको बढ्दो अभिरुचिले यस उद्योगको बजार विस्तारमा उल्लेखनीय योगदान पु¥याएको छ । नेपाल कस्मेटिक व्यवसायी संघले स्थापना भएको १२ वर्ष पूरा गरी विशेष स्मारिका प्रकाशन गर्न लागेको यस अवसरले उद्योगको यात्रा, उपलब्धि र भावी दिशालाई समेट्ने महŒवपूर्ण दस्ताबेजका रूपमा काम गर्ने विश्वास लिएको छु । वर्तमान अवस्थामा नेपालको कस्मेटिक क्षेत्र आयातमा उल्लेख्य रूपमा निर्भर रहेको भए पनि स्वदेशी उत्पादन विस्तार, गुणस्तर अभिवृद्धि तथा प्रतिस्पर्धी क्षमताको विकासका लागि पर्याप्त अवसर विद्यमान छन् । प्राकृतिक स्रोत–साधन, जडीबुटी तथा जैविक कच्चा पदार्थको पर्याप्त उपलब्धताले नेपाललाई विशिष्ट पहिचानसहितको कस्मेटिक सामग्री उत्पादन गर्ने केन्द्रका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना प्रस्तुत गरेको छ । 

नेपालमा कस्मेटिक उद्योग पछिल्ला वर्षहरूमा तीव्र रूपमा विस्तार हुँदै गएको क्षेत्र हो । सौन्दर्य तथा व्यक्तिगत हेरचाहसँग सम्बन्धित उत्पादनहरू, जस्तै ः साबुन, स्याम्पु, क्रिम, लोसन, मेकअप सामग्रीदेखि हर्बल तथा आयुर्वेदिक कस्मेटिक्ससम्म आज सहरी मात्र होइन, ग्रामीण जीवनशैलीको पनि अभिन्न हिस्सा बनिसकेका छन् । यस सन्दर्भमा कस्मेटिक उद्योगलाई केवल सौन्दर्यसँग जोडिएको क्षेत्रका रूपमा मात्र नभई रोजगारी, उद्यमशीलता, आयात प्रतिस्थापन र औद्योगिक विकासको महŒवपूर्ण आधारका रूपमा बुझ्न आवश्यक छ ।

कस्मेटिक उद्योगको अहिलेको अवस्था

नेपालमा दर्ता भएका साना, मझौला तथा ठुला उद्योगमार्फत विभिन्न किसिमका कस्मेटिक उत्पादनहरू उत्पादन भइरहेका छन् । विशेषगरी घरेलु कच्चा पदार्थमा आधारित हर्बल र प्राकृतिक कस्मेटिक्सको माग बढ्दो छ । यद्यपि, बजारको ठुलो हिस्सा अझै पनि आयातित उत्पादनले ओगटेको छ, जसले स्वदेशी उद्योगलाई प्रतिस्पर्धात्मक चुनौती दिएको छ । 

नेपालको कस्मेटिक उद्योग पछिल्लो केही वर्षयता तीव्र परिवर्तनको चरणमा प्रवेश गरेको छ । उपभोक्ता सचेतनाको वृद्धि, जीवनशैलीमा आएको परिवर्तन, सौन्दर्य र स्वास्थ्यप्रति बढ्दो रुचि तथा डिजिटल बजारको विस्तारसँगै यो उद्योग अर्थतन्त्रको एक महŒवपूर्ण उदीयमान क्षेत्रका रूपमा विकसित हुँदै गएको छ । आयातमा आधारित बजार संरचनाबाट स्वदेशी उत्पादनतर्फ उन्मुख हुने क्रम सुरु भएको छ, जसले औद्योगिक विविधीकरण र रोजगारी सिर्जनामा नयाँ सम्भावना देखाएको छ ।

अहिले नेपालमा कस्मेटिक उद्योगको अवस्था हेर्दा साना तथा मझौला उद्योगको संख्या बढ्दो क्रममा देखिन्छ । आयुर्वेदिक, हर्बल तथा प्राकृतिक तŒवमा आधारित उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ, जुन नेपालजस्तो जैविक विविधता सम्पन्न देशका लागि तुलनात्मक लाभको विषय हो । स्थानीय कच्चा पदार्थको प्रयोग, परम्परागत ज्ञान र आधुनिक प्रविधिको संयोजनमार्फत स्वदेशी ब्रान्डहरूले बजारमा पहिचान बनाउन थालेका छन् ।

यद्यपि, उद्योगले अझै पनि केही संरचनागत चुनौतीको सामना गरिरहेको छ । गुणस्तर मापदण्डको प्रभावकारी कार्यान्वयन, उत्पादन परीक्षण र प्रमाणीकरणको पहुँच, कच्चा पदार्थको निरन्तर आपूर्ति, प्रविधि हस्तान्तरण तथा दक्ष जनशक्तिको अभाव प्रमुख चुनौतीका रूपमा रहेका छन् । साथै, खुला बजार व्यवस्थाका कारण आयातित कस्मेटिक सामग्रीसँग प्रतिस्पर्धा गर्नु स्वदेशी उद्योगका लागि सजिलो विषय बनेको छैन ।

उपभोक्ता स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले कस्मेटिक उद्योगमा नियमन र निगरानी अत्यन्तै संवेदनशील विषय हो । यस सन्दर्भमा सरकारले गुणस्तर, लेबलिङ, सुरक्षा मापदण्ड र उपभोक्ता अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । उद्योग दर्ता, नवीकरण, मापदण्ड निर्धारण तथा बजार अनुगमन प्रक्रियालाई थप सरल, पारदर्शी र प्रभावकारी बनाउने प्रयास जारी छन् ।

भावी दिनमा कस्मेटिक उद्योगलाई दिगो र प्रतिस्पर्धी बनाउन नवप्रवर्तन, अनुसन्धान तथा विकासमा लगानी बढाउन आवश्यक छ । विश्वविद्यालय, अनुसन्धान संस्था र निजी क्षेत्रबिच सहकार्य गर्दै नयाँ उत्पादन विकास, परीक्षण प्रयोगशालाको सुदृढीकरण र अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण प्रणाली विस्तार गर्नु आजको आवश्यकता हो । यसले निर्यात सम्भावनालाई पनि बलियो बनाउनेछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कस्मेटिक उद्योगलाई रोजगारी, उद्यमशीलता र आयात प्रतिस्थापनको महŒवपूर्ण आधारका रूपमा लिँदै नीतिगत सुधार, सहजीकरण र निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध छ । स्वदेशी उत्पादनको प्रवद्र्धन, गुणस्तरीय र सुरक्षित कस्मेटिक सामग्रीको उपलब्धता तथा उपभोक्ताको विश्वास अभिवृद्धि नै यस क्षेत्रको दिगो विकासको मूल आधार हुनेछ ।

उपभोक्ता सुरक्षा र गुणस्तरको सवाल

कस्मेटिक उत्पादन प्रत्यक्ष रूपमा मानव स्वास्थ्यसँग सम्बन्धित हुने भएकाले यसको गुणस्तर, सुरक्षा र लेबलिङ अत्यन्त संवेदनशील विषय हो । मन्त्रालय उपभोक्ता हितलाई केन्द्रमा राख्दै उत्पादन मापदण्ड, परीक्षण प्रणाली, बजार अनुगमन तथा भ्रामक विज्ञापन नियन्त्रणलाई प्राथमिकतामा राख्दै आएको छ । गुणस्तरहीन, म्याद गुज्रिएका वा स्वास्थ्यमा असर पार्ने उत्पादनको कारोबार नियन्त्रण गर्न सम्बन्धित निकायबिच समन्वय सुदृढ गरिएको छ । उपभोक्ता सुरक्षा र वस्तु–सेवाको गुणस्तर सुनिश्चित गर्नु आधुनिक अर्थतन्त्रको आधारस्तम्भ हो । उपभोक्ता सन्तुष्टि, सार्वजनिक स्वास्थ्य, प्रतिस्पर्धी उद्योग र दिगो बजार निर्माणका लागि राज्यको स्पष्ट नीति, प्रभावकारी नियमन र जिम्मेवार कार्यान्वयन अपरिहार्य हुन्छ । उद्योग मन्त्रालयका तर्फबाट उपभोक्ता अधिकारको संरक्षण र गुणस्तर सुनिश्चित गर्ने सवाललाई हामी प्राथमिकताका साथ अघि बढाइरहेका छौँ ।

कानुनी ढाँचा 

नेपालमा उपभोक्ता संरक्षण ऐन, मापदण्ड तथा गुणस्तरसम्बन्धी नियमावली, खाद्य सुरक्षा तथा औषधि नियमनजस्ता कानुनी उपकरणमार्फत उपभोक्ताको हित सुरक्षित गर्ने आधार तयार छ । मन्त्रालयले यी कानुनहरूको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन, जोखिम–आधारित निरीक्षण प्रणाली र अन्तरनिकाय समन्वयलाई सुदृढ गर्दै आएको छ । कानुनको उद्देश्य दण्डमुखीभन्दा पनि निवारणमुखी बनाउँदै बजारमा अनुशासन र विश्वास स्थापित गर्नु हो ।

गुणस्तर पूर्वाधार र संस्थागत सुदृढीकरण

गुणस्तर पूर्वाधार मापदण्ड, परीक्षण, प्रमाणीकरण र निरीक्षणविना उपभोक्ता सुरक्षा सम्भव हुँदैन । त्यसैले मन्त्रालयले राष्ट्रिय मापदण्ड निकाय, प्रयोगशाला क्षमतावृद्धि, मान्यता प्रणाली र डिजिटल ट्रेसबिलिटीलाई प्राथमिकता दिएको छ । आयात–निर्यात विन्दुहरूमा जोखिम–आधारित जाँच, बजार अनुगमनको दायरा विस्तार र स्थानीय तहसँगको सहकार्यले गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाइरहेको छ ।

बजार अनुगमन र प्रवर्तन

नियमित बजार अनुगमन, नमुना परीक्षण, गलत लेबलिङ, तौलमापनमा ठगी, म्याद नाघेका वस्तु तथा भ्रामक विज्ञापनविरुद्ध कडा कारबाही मन्त्रालयको निरन्तर एजेन्डा हो । प्रवर्तनलाई पारदर्शी र पूर्वानुमेय बनाउन डिजिटल उजुरी प्रणाली, समयबद्ध कारबाही र सार्वजनिक प्रतिवेदन अभ्यासलाई संस्थागत गरिएको छ । यसले उपभोक्ताको विश्वास बढाउनुका साथै उद्योगलाई पनि स्पष्ट नियमभित्र प्रतिस्पर्धा गर्न प्रोत्साहन गर्छ ।

उद्योगसँग सहकार्य र स्वनियमन

उपभोक्ता सुरक्षा केवल सरकारको जिम्मेवारी मात्र होइन, जिम्मेवार उद्योगविना दिगो समाधान सम्भव छैन । मन्त्रालयले उद्योग संघ–संस्थासँग सहकार्य गर्दै स्वनियमन, आचारसंहिता, गुणस्तर व्यवस्थापन प्रणाली अपनाउन प्रोत्साहन गरिरहेको छ । नवप्रवर्तन र लागत–प्रभावी अनुपालनलाई सहज बनाउने नीतिगत सुधारमार्फत साना तथा मझौला उद्योगलाई गुणस्तरमा लगानी गर्न प्रेरित गरिएको छ ।

डिजिटल बजार र नयाँ चुनौती

इ–कमर्स, डिजिटल विज्ञापन र सीमापार व्यापारको विस्तारसँगै नयाँ जोखिमहरू देखा परेका छन्– डेटा गोपनीयता, नक्कली वस्तु, भ्रामक दाबी र रिटर्न–रिफन्ड विवाद । मन्त्रालयले डिजिटल बजारका लागि स्पष्ट मार्गनिर्देशन, प्लेटफर्म–उत्तरदायित्व र उपभोक्ता शिक्षा कार्यक्रम अघि बढाउँदै नियमनलाई समयानुकूल बनाइरहेको छ ।

उपभोक्ता शिक्षा र सचेतना

सबल उपभोक्ता नै सुरक्षित उपभोक्ता हो । त्यसैले विद्यालयदेखि समुदायसम्म उपभोक्ता शिक्षा, मिडिया साझेदारी र स्थानीय तहसँग सहकार्य गरी सचेतना अभियान सञ्चालन भइरहेका छन् । उजुरी गर्ने अधिकार, बिल–रसिदको महŒव, लेबल पढ्ने बानी र सुरक्षित उपभोगबारे जानकारी फैलाउनु दीर्घकालीन लगानी हो ।

आगामी मार्गचित्र

आगामी दिनमा जोखिम–आधारित नियमन, डेटा–आधारित निर्णय, प्रयोगशाला सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय मान्यतासँग सामञ्जस्य र स्थानीय तहको क्षमता विकास हाम्रो प्राथमिकता रहनेछ । उपभोक्ता सुरक्षा र गुणस्तरमा सम्झौता नगर्ने स्पष्ट सन्देशसहित मन्त्रालय उद्योगको प्रतिस्पर्धात्मकता र नागरिकको स्वास्थ्य र सुरक्षा दुवैलाई सन्तुलित रूपमा अघि बढाउन प्रतिबद्ध छ । अन्त्यमा, सुरक्षित र गुणस्तरीय बजार निर्माण साझा प्रयासबाट मात्र सम्भव छ । सरकार, उद्योग र उपभोक्ता– तीनै पक्षको सहकार्यले विश्वासिलो बजार र समृद्ध अर्थतन्त्र निर्माण हुनेछ । 

नीति, कानुन र सरकारी पहल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कस्मेटिक उद्योगलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन औद्योगिक नीति, उपभोक्ता संरक्षण ऐन, खाद्य तथा औषधिसम्बन्धी कानुनी प्रबन्धसँग सामन्जस्य कायम हुनेगरी काम गरिरहेको छ । 

स्वदेशी उत्पादनलाई प्रोत्साहन, साना तथा मझौला उद्यमका लागि सहुलियत ऋण, प्रविधि हस्तान्तरण र सिप विकास, उद्योग दर्ता तथा नवीकरण प्रक्रियाको सरलीकरणजस्ता उपायमार्फत कस्मेटिक उद्योगलाई औपचारिक अर्थतन्त्रसँग जोड्ने प्रयास भइरहेको छ । 

रोजगारी र महिला उद्यमशीलता

कस्मेटिक उद्योग महिला उद्यमशीलता र रोजगारी सिर्जनाको दृष्टिले पनि महŒवपूर्ण छ । घरेलुस्तरबाट सुरु हुने धेरै व्यवसायहरू क्रमशः औद्योगिक उत्पादनतर्फ उन्मुख भएका छन् । यसले महिला, युवा र स्थानीय जनशक्तिलाई आर्थिक रूपमा सशक्त बनाउने अवसर सिर्जना गरेको छ ।

आगामी दिशा र चुनौती

यो क्षेत्रसँग ठुलो सम्भावना भए पनि कच्चा पदार्थको आपूर्ति, अनुसन्धान तथा विकास, अन्तर्राष्ट्रिय प्रमाणीकरण, ब्रान्डिङ र निर्यात प्रवद्र्धनमा चुनौतीहरू छन् । आगामी दिनमा मन्त्रालयले निजी क्षेत्र, शैक्षिक संस्था र नियामक निकायसँग सहकार्य गर्दै गुणस्तरीय, सुरक्षित र प्रतिस्पर्धी नेपाली कस्मेटिक उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने लक्ष्य लिएको छ ।

कस्मेटिक उद्योगले निजी क्षेत्रको लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास तथा राजस्वमा योगदानमार्फत राष्ट्रिय अर्थतन्त्रमा महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लगानी तथा व्यवसायमैत्री नीति निर्माण, नियामक प्रक्रियाको सरलीकरण तथा सहजीकरण, गुणस्तर तथा मापदण्ड सुदृढीकरण, नवप्रवर्तन र प्रविधि हस्तान्तरण, साथै औद्योगिक पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ । सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबिचको प्रभावकारी सहकार्यबाट कस्मेटिक उद्योगलाई दिगो, प्रतिस्पर्धी र निर्यातमुखी बनाउने लक्ष्य हासिल गर्न सकिन्छ । यस स्मारिकामा समेटिएका विचार, अनुभव र विश्लेषणहरूले नीतिगत सुधार तथा उद्योगको भावी मार्गचित्र निर्माणमा मार्गदर्शन प्रदान गर्ने विश्वास लिएको छु । आगामी दिनमा पनि नेपाल कस्मेटिक व्यवसायी संघको सक्रिय भूमिका, रचनात्मक सुझाव तथा सहकार्यबाट यस क्षेत्रले थप उचाइ हासिल गरी राष्ट्रिय अर्थतन्त्रमा महŒवपूर्ण योगदान पु¥याउन सफलता प्राप्त हुन्छ भन्ने लाग्दछ । कस्मेटिक उद्योग केवल उपभोगको विषय होइन, यो औद्योगिक रूपान्तरण, आत्मनिर्भर अर्थतन्त्र र उपभोक्ता अधिकारको साझा आधार हो । सरकार, उद्योगी र उपभोक्ता सबैको साझा प्रयासबाट यो क्षेत्रलाई जिम्मेवार, दिगो र विश्वासयोग्य बनाउन सकिन्छ । उद्योग मन्त्रालय यस दिशामा स्पष्ट नीतिगत प्रतिबद्धतासहित अघि बढिरहेको छ ।ह

Back to News
Press Esc to close