cbanepal4@gmail.com +977-01-4244732 Sun - Fri: 10:00 AM - 5:00 PM
Follow Us:

नेपाल कस्मेटिक व्यवसायी संघको चिनारी

News

नेपाल कस्मेटिक व्यवसायी संघको चिनारी

Mar 09, 2026 43 views
नेपाल कस्मेटिक व्यवसायी संघको चिनारी

मानव सभ्यताको प्रारम्भसँगै शृंगार जोडिएको पाइन्छ । नेपालमा प्राचीन सिन्धु वैधिक सभ्यतादेखि नै प्राकृतिक रङ, खनिज, जडीबुटी, तेल, जनावरका हाड, चराचुरुङ्गीका प्वाँख, केही चम्किला ढुंगा प्रयोग गरी शरीर, अनुहार र कपाल सजाउने परम्परा रहेको ऐतिहासिक प्रमाण पाइन्छन् ।

नेपालमा पहिलेदेखि नै विभिन्न जातजाति रहेकाले संस्कृति र परम्परा पनि भिन्न–भिन्न रहेको भेटिन्छ । उनीहरूले गर्ने शृंगारका तरिका पनि फरक–फरक छन् । नेपालको सौन्दर्य, संस्कृति र परम्परासँग शृंगारको सम्बन्ध गहिरोसँग गाँसिएको छ । समय परिवर्तनसँगै शृंगार सामग्री, प्रयोगशैली र व्यावसायिक संरचना व्यापक रूपमा रूपान्तरण हुँदै आएको छ । नेपाली समाजमा महिलाको शृंगार आत्मसम्मान, आत्मविश्वास र सांस्कृतिक पहिचानको प्रतीक बनेको छ । परम्परागत रूपमा सिन्दुर, टीका, पोते, गहना र प्राकृतिक सौन्दर्य क्रिमजस्ता सामग्री हुँदै आए पनि आधुनिक समयमा स्किनकेयर, मेकअप र हेयरकेयर सामग्री दैनिक जीवनको अभिन्न हिस्सा बनेका छन् । शृंगारले महिलाको व्यक्तित्व विकास, सामाजिक सहभागिता र पेसागत आत्मविश्वास बढाउन सहयोग पु¥याएको छ । 

नेपालमा आधुनिक शृंगार सामग्रीको आयात–निर्यात तथा औपचारिक बिक्री–वितरण २०३० सालपछि क्रमशः व्यवस्थित हुँदै गएको पाइन्छ । व्यापार, उद्योग र भन्सारसम्बन्धी ऐन–नियमको विकाससँगै कस्मेटिक सामग्रीलाई छुट्टै व्यापारिक वस्तुका रूपमा मान्यता दिइयो । ३० सालपछिका दुई दशकमा अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रवेश हुँदा गुणस्तर मापदण्ड र बजार विस्तार हुँदै जाँदा व्यवसायीहरूले नीतिगत अस्पष्टता र बजार चुनौतीको सामना गर्न थाले । व्यवसायीको हकमा एकपछि अर्को साझा समस्या देखापर्न थाले । यस अवस्थामा व्यवसायीको आवाज एकीकृत गर्ने, व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन तथा सरकारी निकायसँग सहकार्य गरी आमव्यवसायीलाई राज्यप्रप्रतिको कर्तव्यबोध गराउने उद्देश्यले नेपाल कस्मेटिक व्यवसायी संघको स्थापना आवश्यक महसुस गरियो । 

काठमाडौं जिल्लाको मखनका कस्मेटिक व्यवसायीहरुमा संघ स्थापनाको विषयमा छलफल चली नै रहेको थियो । २०६८ पुस ३० मा काठमाडौं, ललितपुर र भक्तपुरका कस्मेटिक व्यवसायीले काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलको देवीथानमा वनभोजको आयोजना गरेको थियो । सोही अवसरमा दुई सयभन्दा बढी उपस्थित भेलाले व्यापक छलफल गरी लक्ष्मीप्रसाद पौडेलको संयोजक रहने गरी तदर्थ समिति गठन गर्ने निर्णय भयो । 

त्यसवेला बनेको तदर्थ समिति

श्री लक्ष्मीप्रसाद पौडेल – संयोजक 

श्री वुद्धकुमार कार्की – सदस्य

श्री शान्तध्वज खड्का – सदस्य

श्री ऋषिकेश तिमल्सिना – सदस्य 

श्री केशव ज्ञवाली – सदस्य 

श्री ललितकुमार झा – सदस्य

श्री शंकर पराजुली – सदस्य 

यसरी गठन भएको समितिले सम्बन्धित काठमाडौं जिल्लामा ६ महिनाभित्रमा विधिपूर्वक संस्था दर्ता गर्ने गरी जिम्मा दिइयो । यो समितिले संस्थाको नाम, लोगो, विधान र कार्यालय रहने स्थानलगायत आवश्यक पर्ने सम्पूर्ण डकुमेन्ट जुटाई २०६९ सालमा दर्ता नं. ४३१ ०६९÷०७० प्राप्त गरी नेपाल कस्मेटिक व्यवसायी संघले आधिकारिकता पायो । 

सुरुवाती समयमा संघमा सदस्य संख्या साह्रै थोरै थिए । समितिले सक्रिय रूपले व्यवसायीको पसल–पसलमा गएर संघको आवश्यकता, महŒव र संघले गर्ने कार्यबारे बुझाउन थाल्यो । संघ स्थापना भएको दुई वर्षसम्म सदस्य विस्तारमा लागिरह्यो । संघले सुरुवाती समयमा कुनै महŒवपूर्ण कार्यक्रम राख्न सकेको थिएन किनकि संघको आयस्रोत भनेको सदस्यबाट प्राप्त शुल्क हुन्थ्यो । पछि संघले बिस्तारै केही कार्यक्रम आयोजना गरे पनि भनेजस्तो परिणाम लिन सकिएन । कारण आर्थिक स्रोतको अभाव, नीतिगत जानकारीको कमी, सरकारी निकायसँग समन्वयको कठिनाइ र व्यवसायीमा संगठनप्रतिको विश्वासको अभाव आदि विषयले अर्को दुई वर्षसम्म संघले संघर्ष गर्नुप¥यो । संघको पारदर्शी कार्यशैली, निरन्तर संवाद र सामूहिक प्रयासबाट व्यवसायीमा विश्वास जगाउँदै सदस्य विस्तार गर्दै सदस्यको हितमा संघ निरन्तर लागिरह्यो । फलतः व्यवसायीहरूले संघको महŒव र आवश्यकता महसुस गरी सदस्य संख्या उल्लेखनीय रूपमा वृद्धि भयो । संघले सदस्यहरूलाई अन्तक्र्रिया कार्यक्रम, वनभोज कार्यक्रम र साधारणसभामा सरकारको नीति–नियमसम्बन्धी जानकारी गरायो । 

संघले हरेक दुई वर्षमा हुने अधिवेशनबाट कार्यकारी समितिमा नयाँ नेतृत्व ल्याउन प्रयास गरे पनि केही पद र सदस्यमा मात्र हरेफेर गर्न सकियो । कारण कार्यसमितिमा खुलेर कोही पनि आउन चाहेन । पछिल्लो समय नेतृत्वमा पूर्ण रूपमा हरेफेर भयो । सदस्य संख्या विस्तारमै ६ सयभन्दा माथि हुन पुग्यो । संघले कार्यसमितिभित्रैबाट सदस्यहरूको गुनासा सुन्ने, समस्या बुझ्ने र समाधान गर्न प्रयत्न गर्न विभिन्न उपसमिति, गठन गरी सदस्यहरूको हितमा लागिप¥यो । नेपाल सरकारका आन्तरिक राजस्व कार्यालय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, काठमाडौं महानगरपालिकामा दर्ता तथा नवीकरण निकाय, नेपालमा बढी उपभोक्ताले रुचाएका कस्मेटिक ब्रान्डका सम्बन्धित व्यक्ति आदि धेरैसँग अन्तक्र्रिया कार्यक्रममार्फत सदस्यहरूमा शिक्षा प्रदान गरियो । संघको गरिमालाई बढाउन नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता संघले लिन सफल भयो । संघले विभन्न वस्तुगत संघहरूका कार्यक्रमको निमन्त्रणमा सक्रिय सहभागिता जनाई संघको आफ्नो परिचय विस्तार गर्नमा सफल भइयो । 

आज चार दर्जनभन्दा बढी वस्तुगत संघहरूसँग हातेमालो गर्दै व्यवसायमा देखिएका समस्या सामूहिक रूपमा समाधानका लागि सम्बन्धित निकायसँग छलफलमा जुट्न सजिलो भएको छ । संघले सरकारले लिएका कतिपय नीति व्यवसायमैत्री नपाइएकाले सम्बन्धित निकायसँग छलफल गरी केही खुकुलो र नीति हरेफेर गर्न सफल भएको छ । आज नेपाल कस्मेटिक व्यवसायी संघको प्रभाव सातै प्रदेशका कस्मेटिक व्यवसायीहरूमा पुगेको छ । 

नेपाल कस्मेटिक व्यवसायी संघबाट सदस्यहरूले नीतिगत जानकारी, कानुनी परामर्श, विभिन्न तालिम, अन्तक्र्रिया कार्यक्रम, नेटवर्किङ अवसर र सामूहिक प्रतिनिधित्वजस्ता फाइदा प्राप्त गरेका छन् । यसले सदस्यहरूलाई सुरक्षित, प्रतिस्पर्धी र दिगो बनाउन महŒवपूर्ण भूमिका खेलेको छ । आज सदस्यहरूको संघप्रतिको धारणा अन्यन्त सकारात्मक रहेको छ । संघले समस्या सुन्ने, समाधान खोज्ने र आवश्यक परे सम्बन्धित निकायसम्म आवाज पु¥याउने भूमिकाका कारण सदस्यहरूमा भरोसा बढेको छ । संघलाई आफ्नो साझा प्लेटफर्म र संरक्षकका रूपमा लिन संस्कार विकसित भएको छ । आज सदस्यहरूले नियमित सदस्य शुल्क, आर्थिक सहयोग, सयम, श्रम र कार्यक्रममा सक्रिय सहभागिता र नेतृत्व विकासप्रतिको प्रतिबद्धताले संघको सफलताको आधार बनेको छ । 

संघले सदस्यहरूको हितमा काम गदैगर्दा सरकारी निकायसँग प्रभावकारी समन्वय, नीतिगत सुझावमा सहभागिता, व्यवसायमैत्री, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ । 

अहिले संघका सदस्यहरू काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाहरूमा रहेकाले सदस्यहरूको सुविधालाई मध्यनजर गरी उपसमितिहरू गठन गरी सुविधा पु¥याउँदै आएको छ । अब निकट भविष्यमा नेपालभर व्यवसाय गरिरहेका कस्मेटिक व्यवसायीलाई एउटै छानामुनि गोलबद्ध गर्न सातै प्रदेशमा प्रदेश कमिटी तथा जिल्लाहरूमा जिल्ला कमिटी निर्माण गरी केन्द्रमा महासंघ बनाउने संघले उद्देश्य लिएअनुरूप कस्मेटिक व्यवसायी संघ कास्की पोखरासँग २०८१ भदौ ५ र ६ गते शुक्रबार र शनिबार मैत्रीपूर्ण छलफल गरी दुवै कमिटीले महासंघमा जान दुवैले प्रयत्न गर्ने निष्कर्ष निकालियो । संघले सबै प्रदेशअन्तर्गतका जिल्लाहरूमा जिल्ला कमिटी अहिले भए–नभएको अध्ययन गरिरहेको छ । साथै, यी जिल्लाहरूका व्यवसायीसँग चरणबद्ध छलफल पनि चलाइरहेको छ । व्यवसायीहरू कमीटी गठन गर्न उत्साहित भएका छन् । 

पछिल्लो समय संघले अपनाएको ‘आन्तरिक औद्योगिकीकरणको विकास गर्दै गुणस्तरीय कस्मेटिक वस्तुको प्रयोग गरौँ’ भन्ने नारा लिएकाले संघले उद्योगीहरूलाई नेपाली उत्पादित कस्मेटिक वस्तु गुणस्तरको बनाउनुहोस् । व्यवसायीहरूले स्वदेशी उत्पादन बढी बिक्री–वितरण गर्न संघले आवश्यक भूमिका खेल्नेछ भनी उद्घोष गरेको छ । नेपालमा कस्मेटिकमा प्रयोग हुने धेरै हिमाली जडीबुटी भएकाले नेपाल सरकारले यसको प्रशोधनका लागि सहज गरिदिन छलफलको पहल गर्नेछ । सरकारले यसमा ख्याल पु¥याउन सके छोटो अवधिमा नै नेपाल कस्मेटिकमा आत्मनिर्भर बन्नेछ । साथै, रोजगारी सिर्जना, राजस्व वृद्धि, महिला उद्यमशीलता प्रवद्र्धन र राष्ट्रिय अर्थतन्त्रमा महŒवपूर्ण योगदान पु¥याई राष्ट्रिय आकांक्षा राष्ट्रले समृद्ध नेपाल, सुखी नेपालीको कस्मेटिक व्यवसाय आधार बन्न सक्छ । 

नेपाल कस्मेटिक व्यवसायी संघको १२ वर्षे यात्रा संघर्ष, सहकार्य र समर्पणको उदाहरण हो । विगतका उपलब्धिलाई आधार बनाउँदै भावी माथि उल्लेखित योजनाको सफल कार्यान्वयनमार्फत संघले कस्मेटिक व्यवसायलाई अझ मर्यादित, व्यवस्थित र राष्ट्रिय विकासको महŒवपूर्ण खम्बा बनाउने विश्वास लिएको छ ।ह

Back to News
Press Esc to close